रास्वपाको मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी चयन, परियार र धिताल सचेतक

रास्वपाको मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी चयन, परियार र धिताल सचेतक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको मुख्य सचेतक र सचेतकहरू चयन गरेको छ। सिंहदरबारस्थित दलको कार्यालयमा आज बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

बैठकले पार्टीका महामन्त्रीसमेत रहेका कबिन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको छ। त्यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन भएका छन्।

यसअघि वैशाख ३ गते बस्ने भनिएको संसदीय दलको बैठकले संसदीय समितिहरूको सभापति निर्वाचन र अन्य विविध साङ्गठनिक विषयमा छलफल गर्ने कार्यसूची राखेको थियो। सोही सिलसिलामा पार्टीले संसदीय दललाई थप व्यवस्थित बनाउन नयाँ पदाधिकारीहरू चयन गरेको हो।

यो चयनसँगै संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन र दलीय अनुशासन कायम राख्न मद्दत पुग्ने रास्वपाले विश्वास लिएको छ।

वैशाख ३, २०८३ बिहीबार १३:५५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।