कोइला अभावले हेटौँडा सिमेन्टको उत्पादन पुनः बन्द
मकवानपुर : हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव देखाउँदै आज बिहानदेखि पुनः उत्पादन बन्द गरेको छ।
करिब एक महिनाअघि मात्रै नियमित सञ्चालनमा ल्याइएको उद्योग कोइला अभावकै कारण फेरि ठप्प बनेको हो। उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ।
करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए।
कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेण्टको उत्पादनको समय निर्धारण हुने उनले जानकारी दिए।
वैशाख ३, २०८३ बिहीबार १२:१४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।