रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको आज बैठक बस्दैछ। संसदीय समितिहरूको सभापति निर्वाचनको विषयमा छलफल गर्न पार्टीले बैठक बोलाएको हो।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा जारी सूचनाअनुसार उक्त बैठक दिउँसो १२:१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ।

यस बैठकको मुख्य एजेन्डा (कार्यसूची) संसदीय समितिहरूको सभापति चयन र त्यसको निर्वाचन प्रक्रियाबारे छलफल गर्नु रहेको छ।

यसका साथै, बैठकमा अन्य विविध तथा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने महामन्त्री बुर्लाकोटीले बताए।

वैशाख ३, २०८३ बिहीबार ०७:५०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।