मन्त्री नपाएपछि कांग्रेस प्रदेशसभा सदस्य कुँवरले दिए राजीनामा
काठमाडौं : नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन्।
मन्त्री पद नपाएपछि मन्त्री कुँवरले पदबाट राजीनामा दिएका हुन्। मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गरेको मन्त्रिपरिषद् हेरफेरमा उनी मन्त्रीका आकांक्षी थिए।
बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाए।
उनले वैशाख २ गतेदेखि लागू हुने गरी आफ्नो राजीनामा दिएका हुन्।
नेपाल न्यूज बैंक
वैशाख २, २०८३ बुधबार १३:५६:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।