मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं : मन्त्रिपरिषद्को बैठक बस्दैछ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार बैठक आज अपराह्न ४:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ।
बैठकमा सरकारका समसामयिक कामकाज, विकास निर्माणका आयोजना र मन्त्रालयहरूबाट आएका विभिन्न प्रस्तावहरूमाथि छलफल तथा निर्णयहरू हुनेछ।
नयाँ वर्ष सुरु भएसँगै बस्न लागेको यो पहिलो मन्त्रिपरिषद् बैठक हो।
वैशाख २, २०८३ बुधबार १३:०३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।