रास्वपाले बोलायो संसदीय दलको बैठक

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।

संसदीय समितिका सभापतिहरूको निर्वाचन र भावी रणनीतिका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको हो। 

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक भोलि (वैशाख ३ गते) बस्नेछ। बैठक दिउँसो १२:१५ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।

बिहीबार संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय छ। त्यसअगाडि रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो।
 

वैशाख २, २०८३ बुधबार १२:१२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।