मनाङमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
मनाङ : जिल्लाको नासोँ गाउँपालिका-३ धारापानीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका-९ सिम्पानी बगैँचाका अन्दाजी ३७ वर्षीय रामबहादुर गुरुङ रहेका छन्।
मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको सिमेन्ट बोकेर बेँसीसहरदेखि मनाङको कोतोतर्फ जाँदै गरेको बा प्र ०६००१ क ०४६१ नम्बर ट्रक आज बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृतक गुरुङको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ लगिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
वैशाख १, २०८३ मंगलबार १४:१८:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।