सवारी दुर्घटनामा घाइते प्रहरी निरीक्षक लामाको मृत्यु

सवारी दुर्घटनामा घाइते प्रहरी निरीक्षक लामाको मृत्यु

काठमाडौं : ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ।

रामेछापको लिखु तामाकोशी गाउँपालिका-४ घर भएका लामा गत चैत २९ गते ट्रकको ठक्करबाट गम्भीर घाइते हुनुभएको थियो।

लामाको ललितपुर ग्वार्कोस्थित ‘बी एण्ड बी’ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीले राससलाई जानकारी दिए।

वैशाख १, २०८३ मंगलबार १४:१५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।