सोमबार १४ बैशाख, २०८३
सामान्य घट्यो सुनको मूल्य
काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा कायम थियो।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला एक हजार ७१५ रुपैयाँमा कायम भएको छ।
अघिल्लो दिन यसको मूल्य प्रतितोला एक हजार ७२० रुपैयाँ कायम थियो।
साउन २८, २०८१ सोमबार ११:२९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।