प्रविधिमा महिलाको पहुँच अझै पुग्न सकेको छैन : मन्त्री शर्मा
काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रविधिमा महिलाको पहुँच अपेक्षा अनुसार बिस्तार हुन नसकेको बताएकी छन्।
बुधबार ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रममा उनले पछिल्लो समयमा सूचना प्रविधिको विकासले विश्वको स्वरूप नै परिवर्तन भएको तर महिलाहरूमा भने अझै पनि हरेक क्षेत्रमा सहजता हुन नसकेको बताइन्।
वर्तमान समयको अनिवार्य आवश्यकताको रुपमा विकास भएको प्रविधिमा महिलाको पहुँच वृद्धि गरी सुरक्षा सम्मान र रोजगारीको विशेष व्यवस्था गर्न जरुरी रहेको उनको धारणा थियो।
उनले भनिन्, ‘पछिल्लो समयमा सूचना प्रविधिको विकासले विश्वको स्वरूप नै परिवर्तन भएको छ। यस्तो समयमा महिलाहरूलाई सीमित घेरामा राख्न खोज्ने पितृसत्तात्मक चिन्तन, सामाजिक कुरीति, गरिबी, शिक्षाको पहुँचमा कमी, सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता र संरचनाको कारण महिलाहरूको जीवन जसरी सहज हुनुपर्ने हो, सहज हुन सकेको छैन। अझै पनि जटिलता देखा परिरहेको छ।’
फागुन २४, २०७९ बुधबार १७:३७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।