गठबन्धनलाई कसैले भत्काउन सक्दैन : माधव नेपाल
एकीकृत समाजवादी तनहुँ काठमाडौँ सम्पर्क मञ्चले काठमाडौँमा गरेको भेलामा अध्यक्ष नेपालले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको दाबी गरेका हुन्।
नेपालले पाँच दलको एकता बलियो रहेको र गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताए। उनले राष्ट्रियसभा तथा उपचुनावमा गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर सबै क्षेत्रमा विजय हासिल गर्ने दाबी गरे।
उनले आगामी चुनावमा नेकपा एकीकृत समाजवादीको विजयी अभियान सुरु हुने बताएका थिए।
मंसिर ४, २०७८ शनिबार २०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।