प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै
संघीय संसद् भवन नयाँ बानेश्वरमा दुवै सदनको बैठक एकै समयमा बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।
प्रतिनिधिसभाको बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयबाट राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा सभामुख सापकोटाले २०४८ सालमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद विष्णुबहादुर तामाङको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नेछन्।
साउन १२, २०७८ मंगलबार ०९:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।