प्रदेश १ को बजेट अधिवेशन आजदेखि सुरु हुँदै
असार १ गते बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ। बजेट पेस हुनु १५ दिन अगाडि संसदमा छलफल गर्नुपर्ने कानुनी व्यवस्था भए पनि सरकारले अध्यादेशमार्फत ऐन संशोधनपछि आह्वान गरिएको बजेट अधिवेशन आज सोमबार दिउँसो २ बजे बस्दैछ।
९३ सांसद रहेको प्रदेशसभामा हाल ९२ सदस्य छन्। जसमध्ये एमालेका ५१, नेपाली काँग्रेसका २१ र माओवादी केन्द्रका १५ र जसपासँग ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग १–१ जना सदस्य छन्।
जेठ २४, २०७८ सोमबार ०७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।