प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयक प्रस्तुत हुने कार्यसूची

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयक प्रस्तुत हुने कार्यसूची

काठमाडौं : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दै छ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्ने बैठकमा दुईवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुहुने कार्यसूची रहेको छ।

यसैबीच, संसद् सचिवालयका अनुसार आज सङ्घीय संसद्अन्तर्गत विभिन्न छ वटा संसदीय समितिका बैठकहरू पनि बस्दै छन्।

भदौ २६, २०८३ शुक्रबार ०७:२१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।