दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु, नेपालले अध्यक्षता गर्दै
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीको उपचारका लागि मुम्बई गएपछि बैठकको अध्यक्षता नेपालले गरेका हुन्। यो समूहको स्थायी कमिटी बैठकले दाहाल र नेपाल आलोपालो अध्यक्ष हुने निर्णय गरेको थियो।
आजको बैठकले संसद् पुनर्स्थापनाबारे हुने संघर्षकै कार्यक्रमबारे छलफल गर्ने बताइएको छ। पार्टी र जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँडबारे मापदण्ड बनाउन नेपालकै संयोजकत्वमा कार्यदल बनेको छ।
पुष २०, २०७७ सोमबार १४:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।