कोरोना महामारीमा बन्द गरिएका विद्यालयलगायत सबै क्षेत्र खुलाउने तयारी
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आइतबार बसेको बैठकले कोरोना महामारीका कारण बन्द गरिएका विद्यालय, चलचित्र घर, जिमखानालगायत सबै क्षेत्र खुलाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको हो। उक्त प्रस्तावमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आवश्यक परेमा ती क्षेत्रलाई बन्द गर्ने अधिकार दिने उल्लेख छ।
कोरोना भाइरस महामारीका कारण २०७६ चैत ११ देखि विद्यालय, चलचित्र घरलगायत क्षेत्र बन्द थिए।
वर्तमान स्थितिको विश्लेषण गरी कोरोना महामारीका बेला बन्द गरिएको क्षेत्र खुलाउने तयारी गरिएको सिसिएमसीले जनाएको छ।
यस्तै, नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य लगायतका २०÷२२ वटा देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरिएको सिसिएमसीले जनाएको छ।
पुष १९, २०७७ आइतबार २०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।