भीम रावलको गृह जिल्लाका सांसद बोगटी ओली समूहमा
आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट केन्द्रीय सदस्यको सपथ लिएर उनले कित्ता क्लियर गरेका हुन्।
यसअघि ओली समूहले उनलाई केन्द्रीय समिति सदस्य बनाएको थियो। तर, उनले सपथ ग्रहण नगरी केही समय पार्टी एकताका पक्षमा माहौल बनाउने भन्दै तटस्थ बसेका थिए।
सांसद बोगटी तटस्थ बसेपछि अछाममा भीम रावल निकटहरुले उनी दाहाल–नेपाल समूहमा लागेको भन्दै प्रचारसमेत गरिएको थियो।
पुष १९, २०७७ आइतबार २०:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।