कांग्रेसले पुस २५ मा प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने 

कांग्रेसले पुस २५ मा प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने 

आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले ३३० वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको हो। 

पदाधिकारी बैठकको निर्णयसँगै केन्द्रीय समिति बैठक सुरु हुन लागेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए। 

संसद विघटनविरुद्ध आन्दोलनमा जाने या चुनावको तयारी गर्ने भन्ने विवादबीच कांग्रेसले यस्तो निर्णय लिएको हो। 

विवादकै कारण १ बजे डाकिएको केन्द्रिय समिति बैठक साँढे २ घण्टा ढिलो गरी सुरु भएको छ।
 

पुष १९, २०७७ आइतबार १७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।