वीरगन्जमा फेला पर्यो एक सय किलो गाँजा
लागूऔषध नियन्त्रण ब्युरो, काठमाण्डौं र शाखा कार्यालय वीरगन्जको टोलीले आइतबार बिहान वीरगन्जको लाल पर्सा गाउँ जाने बाटोमा रहेको ना ४ ख ६५२५ नम्बरको ट्रकबाट गाँजालाई पेलेर इँटा आकारको बनाएको चिप्पड बरामद गरेको हो।
ट्रकको समान राख्ने ठाउँमा कालो त्रिपालले छोपेर गाँजा राखेको ब्युरोले जानकारी दिएको छ। गाँजा कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार हेटौडा उप महानगरपालिका १९ का विजय तामाङ, लक्ष्मण सिटौला, प्रभात तामाङ, नीरज लामा, सानुलाल तामाङ, रामलाल गोले र पर्सा सखुवा प्रसौनीका सहिद मियाँ पक्राउ परेका हुन्।
पुष १९, २०७७ आइतबार १७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।