सशस्त्र प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी

सशस्त्र प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी

सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अजय छतकुलीका अनुसार शनिबार सञ्चालित खुलातर्फको परीक्षामा नक्कली परीक्षार्थी बनेको आरोपमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जना पक्राउ परेका हुन्। जसमा सुनसरीबाट ८, सुर्खेतबाट ४ र जुम्लाबाट २ जना पक्राउ परेको उनले बताए।  

नक्कली परीक्षार्थी सहभागी भएको सूचनाका आधारमा ‘थम्ब रिडर बायोमेटिक डिभाइस’ प्रयोग गरी उनीहरूलाई पक्राउ गरिएको हो। 
                                                   
पक्राउ परेकालाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ। यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पुष १९, २०७७ आइतबार १५:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।