दाङकी कोरोना संक्रमित महिलाको मृत्यु

दाङकी कोरोना संक्रमित महिलाको मृत्यु

लमही नगरपालिका ८ की ६५ वर्षीय महिलाको उपचारका क्रममा बाँकेको भेरी अस्पतालमा शनिबार राति मृत्यु भएको हो। ती महिलालाई यही पुस १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। स्वास्थ्यमा समस्या भएपछि ती महिला यही पुस १३ गते अस्पताल भर्ना भएकी थिइन्। 

त्यसपछि कोभिड आइसियुमा भर्ना गरिएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले बताएको छ। 

पुष १९, २०७७ आइतबार १३:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।