कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

यही पुस १० गते स्थगित बैठक आज दिउँसो १ बजे ललितपुरस्थित पार्टी कार्यालयमा बस्न लागेको कांग्रेसले जनाएको छ।  

मन्त्रिपरिषद्को सिफारिसमा यही पुस ५ गते संसद् विघटन गरिएपछि त्यसबारे छलफल गर्न कांग्रेसले पुस ७ गते बैठक बोलाएको थियो। बैठक चार दिनसम्म चलेपछि स्थगित गरिएको थियो।  

बैठकको निर्णय अनुसार कांग्रेसले संसद् विघटनको विरोधमा गत पुस १३ गते देशभरका एक सय ६५ ओटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो। कांग्रेसले संसद् विघटनलाई असंवैधानिक-अलोकतान्त्रिक भनेको छ।

कांग्रेस नेताहरूबीच संसद् विघटनविरुद्ध तत्काल आन्दोलनमा जाने कि सर्वाेच्च अदालतको निर्णय पर्खने भन्नेमा मतभेद छ।

कांग्रेस सभापति संसद् विघटनको मुद्दा सर्वाेच्च अदालतमा परेकाले त्यसको निर्णय पखर्नुपर्ने धारणा छ। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूह भने तत्काल आन्दोलन गर्नुपर्ने लाइनमा देखिन्छ। 

पुष १९, २०७७ आइतबार ०८:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।