‘३६ को आँकडा’को ट्रेलरमा देखिएको रेखाको प्रहरी अवतार
काठमाडौं : फिल्म ३६ को आँकडाको प्रचारमा अभिनेत्री रेखा थापाले जस्तो शैली देखाइरहेकी छिन् ट्रेलर हेर्दा उनको भूमिका पनि ठ्याक्कै त्यस्तै देखियो। आइतबार सार्वजनिक भएको फिल्मको ट्रेलरबाट उनी प्रहरीको भूमिकामा रहेको प्रस्ट भयो।
उनी प्रहरीको अवतारमा फर्किएकी मात्र छैनन्, सायद ‘उपहार’को असफलताले होला उनी पून आफ्नो चिरपरिचित एक्सन अवतारमा फर्किएकी छिन्। स्वाभाविक रूपमा ट्रेलरमा अभिनेत्री रेखा नै छाएकी छिन्।
उनीसँगै ट्रेलरमा अभिनेत्री पूजा शर्मा, अभिनेताद्वय महेश त्रिपाठी र पुष्प खड्का, अभिनेत्री निरुता सिंह र न्यायाधीशको भूमिकामा राजनीतिमा असफल भएकी अभिनेत्री निशा अधिकारी छुस्स देखिएकी छिन्।
फिल्मको ट्रेलरमा समेटिएका संवाद र दृश्यले कथा अपराध, बदला जस्ता पारिवारिक कथामा बनेको देखिन्छ। फिल्म मंसिर १७ गते प्रदर्शनमा आउँदैछ।
मंसिर १३, २०८३ आइतबार २१:१२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।