पत्रकारमाथिको धरपकडको विरोधमा घण्टीघर अगाडि पत्रकारको धर्ना
काठमाडौं : सञ्चारमाध्यममाथि भइरहेका हस्तक्षेप रोक्न माग गर्दै नेपाल पत्रकार महासंघले सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय अगाडि धर्ना दिए।
महासंघले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलनअन्तर्गत पहिलो दिन आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएको हो। महासंघले बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म धर्ना दिएको थियो।
महासंघले समाचार कक्षभित्र प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाका दोषीलाई कारबाही गर्नुपर्ने, लोककल्याणकारी विज्ञापन प्रेस काउन्सिलको सिफारिसअनुसार वितरण गर्नुपर्ने र सञ्चारमाध्यममाथिको आक्रमण रोक्नुपर्ने माग अगाडि सारेको छ।
प्रेस काउन्सिलसम्बन्धी अध्यादेश फिर्ता गरी संसद्बाट छलफल गरेर मिडिया काउन्सिल विधेयक ल्याउनुपर्ने महासङ्घको थप माग रहेको छ।
महासंघले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका केन्द्रीय तथा जिल्ला कार्यालयमा धर्ना कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो।
मंसिर १३, २०८३ आइतबार १६:१४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।