भारतले दियो ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग
काठमाडौं : प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा नेपालले १ खर्ब भारु अनुदान र थप १ खर्ब ऋण सहयोगको अपेक्षा गरे पनि भारतले ऋणको मात्रा बढाउँदै ५६ अर्ब अनुदान र १ खर्ब ८४ अर्ब ऋण सहयोग गर्ने भएको छ।
दुई पक्षीय वार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २ खर्ब ४० अर्ब आर्थिक सहयोगको प्याकेज घोषणा गरेका थिए। जारी संयुक्त प्रेस वक्तव्यमा त्यसमध्ये भोटेकोशी बाढीपछिको पुनर्निर्माण लागि ३५ अर्ब भारु अर्थात् ५६ अर्ब नेपाली अनुदान छुट्टयाइएको उल्लेख छ। बाँकी १ खर्ब १५ अर्ब भारु अर्थात् १ खर्ब ८४ रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको विज्ञप्तिमा उल्लेख छ।
मंसिर ७, २०८३ सोमबार १७:५६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।