प्रोटोन ई.मास ७ ले जित्यो ‘एसेन एनक्याप २०२६’ मा सुरक्षा विधाको सम्मान
काठमाडौं : प्रोटोनको विद्युतीय एसयूभी ‘ई.मास ७’ ले मलेसियामा नोभेम्बर १० मा आयोजित ‘एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६’ मा ‘सेफ्टी असिस्ट’ विधातर्फ अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ।
उन्नत चालक सहायता प्रविधि र सडक सुरक्षाप्रतिको प्राथमिकताका कारण उक्त सम्मान प्राप्त भएको कम्पनीले जनाएको छ।
गाडीको २०२६ मोडलमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट र प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्टजस्ता सुरक्षा सुविधा समावेश गरिएका छन्।
मलेसियाली बजारमा सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म ई.मास ७ का ५ हजार ५७९ युनिट (अक्टोबरमा मात्रै ६१६ युनिट) बिक्री भएका छन् भने सोही अवधिमा प्रोटोन ई.मासका सबै मोडल गरी कुल ३५ हजार ७३० युनिट बिक्री भएको जनाइएको छ।
नेपालमा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत उपलब्ध ई.मास ७ प्राइम (४९ लाख ९९ हजार रुपैयाँ) र प्रिमियम (५९ लाख ९९ हजार रुपैयाँ) गरी दुई भेरियन्टमा उपलब्ध छ।
डब्लुएलटीपी मापदण्डअनुसार प्राइममा रहेको ४९.५२ किलोवाट आवर ब्याट्रीले ३४५ किलोमिटरसम्म र प्रिमियममा रहेको ६०.२२ किलोवाट आवर ब्याट्रीले ४१० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।
यसमा ११ किलोवाटसम्मको एसी र १०० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट रहेको छ, जसको मद्दतले करिब २० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न सकिन्छ।
गाडीमा ३३ वटा स्टोरेज कम्पार्टमेन्ट, भेहिकल टु लोड (V2L) र ७ एनएम इन्टेलिजेन्ट ककपिट चिपजस्ता सुविधासमेत रहेका छन्।
मंसिर ५, २०८३ शनिबार १२:०४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।