टाटा समूह र सिप्रदियन सहायता संस्थाले बाढी प्रभावित परिवारलाई दियो स्टिल दराज

टाटा समूह र सिप्रदियन सहायता संस्थाले बाढी प्रभावित परिवारलाई दियो स्टिल दराज

काठमाडौं : टाटा समूह र सिप्रदियन सहायता संस्थाले हिमताल विस्फोटबाट आएको बाढीका कारण घर तथा घरायसी सामग्री गुमाएका नुवाकोटका बाढी प्रभावित परिवारलाई २ हजार थान स्टिलको दराज हस्तान्तरण गरेको छ।

प्रभावित परिवारलाई दैनिक जीवनमा आवश्यक पर्ने लत्ताकपडा तथा घरायसी सामग्री सुरक्षित राख्न सहज होस् भन्ने हेतुले व्यावहारिक घरेलु सहयोगस्वरूप स्टिल दराज उपलब्ध गराइएको आयोजकले जनाएको छ।

हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहाल, टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी-एसएस श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ लगायत उपस्थित थिए। स्थानीय तहबाट विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी लगायत विभिन्न प्रतिनिधि सहभागी थिए।

मंसिर ४, २०८३ शुक्रबार २१:१२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।