आजको मौसम : देशभर मुख्यतया सफा, कोशीको तराईमा हल्का वर्षाको सम्भावना
काठमाडौं : हाल नेपालमा कुनै मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
आज दिउँसो कोशी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
यस्तै, आज राति कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बिहानपख तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको छ।
आज दिउँसो र राति दुवै समय कोशी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
मंसिर ५, २०८३ शनिबार ०७:२५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।