नक्कली ‘सिभिल प्रहरी’ बनेर डान्स बारमा अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं : काठमाडौंको ज्याठास्थित एक डान्स बारमा ‘सिभिल प्रहरी हुँ’ भन्दै धाकधम्की र अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरमा बस्दै आएका काभ्रेको महाभारत गाउँपालिकाका नवराज कुवँर र सुमन तामाङ रहेका छन्। उनीहरूमाथि शुक्रबार ज्याठास्थित ‘गोल्डेन आई डान्स बार’मा प्रवेश गरेर सञ्चालक तथा कर्मचारीमाथि वादविवाद, धाकधम्की र डरत्रास देखाएको आरोपमा छ।
उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ३ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाले जानकारी दिए।
मंसिर ४, २०८३ शुक्रबार २१:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।