जुवातास खेलिरहेको अवस्थामा कलङ्कीबाट १२ जना पक्राउ
काठमाडौं : जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१४ कलङ्कीबाट आठ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।
धादिङ घर भई काठमाडौंको कलङ्की बस्ने ४० वर्षीय अर्जुन ढुङ्गानासहितका आठ जनालाई नगद ६१ हजार ३१० रुपैयाँ र पाँच बुक ताससहित पक्राउ गरिएको हो।
मोरङ, बेलबारी नगरपालिका-११ नलबारीस्थित बाँसघारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा कानेपोखरी गाउँपालिका-२ बस्ने ५१ वर्षीय खमानसिङ लिम्बु चार जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ८२५ रुपैयाँ र ११ थान कौडासहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
मंसिर ३, २०८३ बिहीबार १४:४१:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।