स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगमा ज्ञापनपत्र

स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगमा ज्ञापनपत्र

काठमाडौं : आगामी स्थानीय तहको निर्वाचन दलीय आधारमा नभई गैरदलीय र स्वतन्त्र रूपमा गराउन माग गर्दै ‘गैरदलीय स्थानीय सरकार निर्माण अभियान’ ले बिहीबार निर्वाचन आयोगमा ज्ञापनपत्र बुझाएको छ।

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसमक्ष ज्ञापनपत्र बुझाउँदै अभियानका संयोजक दिनेश सुवेदीले नेपालको संविधानले स्थानीय तहको निर्वाचन दलीय आधारमा हुनुपर्ने परिकल्पना नगरेको दाबी गरे।

केही ऐन तथा कानुनी व्यवस्थाका कारण मात्र दलीय आधारमा चुनाव हुँदै आएको जिकिर गर्दै उनले ती कानुन संशोधन गरी गैरदलीय निर्वाचन प्रणाली लागू गर्नुपर्ने माग राखे।

ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त कार्कीले अभियानले संविधान, कानुन, निर्वाचन प्रणाली र अभ्यासलाई आधार बनाएर विषय उठान गरेको बताए।

आयोगले यस विषयमा अध्ययन तथा छलफल गरी उपयुक्त निर्णय लिने र आवश्यकताअनुसार अभियानसँग पुनः परामर्श गर्ने उनले जानकारी दिए।

मंसिर ३, २०८३ बिहीबार १४:१०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।