भारतीय बिएसएफ जवान बंगलादेशको नियन्त्रणमा
एजेन्सी : बंगलादेशको सीमा सुरक्षा बल ‘बोर्डर गार्ड बंगलादेश’ (बिजिबी)ले भारतको सीमा सुरक्षा बल (बिएसएफ) का एक जवानलाई नियन्त्रणमा लिएको छ।
भुलवश अन्तर्राष्ट्रिय सीमा पार गरी बंगलादेशी भूमिमा प्रवेश गरेपछि उनलाई नियन्त्रणमा लिइएको भारतीय अधिकारीहरूको दाबी छ।
अधिकारीहरूका अनुसार बिएसएफका ती जवान अञ्जानमा बंगलादेशको सिल्हेट जिल्लातर्फ प्रवेश गरेका थिए, जहाँ खटिएका बिजिबीका सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका हुन्।
नियन्त्रणमा रहेका ती जवानलाई भारत फिर्ता ल्याउने प्रक्रियाअन्तर्गत दुवै देशका सीमा सुरक्षा बलबीच सीमास्तरीय बैठक ‘फ्ल्याग मिटिङ’ भइरहेको अधिकारीहरूले जानकारी दिएका छन्।
भारतको पूर्वी भेगमा फैलिएको ४ हजार ९६ किलोमिटर लामो भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमाको सुरक्षा गर्ने जिम्मेवारी बिएसएफले निर्वाह गर्दै आएको छ।
मंसिर २, २०८३ बुधबार ०८:२५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।