घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते मोटरसाइकल चालक महर्जनको मृत्यु

घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते मोटरसाइकल चालक महर्जनको मृत्यु

चितवन : पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा मंगलबार दिउँसो माथिबाट खसेको ढुङ्गा लागेर एक मोटरसाइकल चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासि ढुङ्गा खसेको थियो।

ढुङ्गाले लागेर मोटरसाइकल चालक ललितपुर महानगरपालिका-२० निवासी ६१ वर्षीय गङ्गाराम महर्जन घाइते भएका थिए। उपचारका लागि भरतपुर अस्पताल ल्याइएका महर्जनको उपचारका क्रममा दिउँसो मृत्यु भएको यादवले जानकारी दिए।

मंसिर १, २०८३ मंगलबार १९:४६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।