जनकपुरबाट काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना, १४ जना घाइते
काठमाडौं : सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा मंगलबार दिउँसो यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा गाडीमा सवार सबै १४ जना घाइते भएका छन्।
जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको हो प्रहरीले जनाएको छ।
प्रहरीसहितको टोलीले घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको थियो। घाइते सबैजनालाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको छ।
प्रहरीका अनुसार घाइते १४ जनामध्ये चालकसहित ९ जनाको पहिचान खुलेको छ भने बाँकी ५ जनाको विवरण संकलन गर्ने कार्य भइरहेको छ।
घाइतेहरूको विवरण :
दीपक कुमार दास (चालक) – शहीदनगर नगरपालिका–८, धनुषा
रानी कुमारी मण्डल (१७ वर्ष) – शहीदनगर नगरपालिका–७, धनुषा
पियुष गोहित (१४ वर्ष) – शहीदनगर नगरपालिका–२, धनुषा
आयुष गोहित (१५ वर्ष) – शहीदनगर नगरपालिका–२, धनुषा
रुबी गोहित (१२ वर्ष) – शहीदनगर नगरपालिका–२, धनुषा
प्रियाङ्का साह (३६ वर्ष) – भैँसेपाटी, ललितपुर
जेनी साह (१६ वर्ष, प्रियाङ्काकी छोरी) – भैँसेपाटी, ललितपुर
सफलता साह (११ वर्ष, प्रियाङ्काकी छोरी) – भैँसेपाटी, ललितपुर
ओमी साह (३ वर्ष, प्रियाङ्काकी छोरी) – भैँसेपाटी, ललितपुर
प्रहरीले पहिचान खुल्न बाँकी रहेका अन्य ५ जना घाइतेको विवरण लिने काम भइरहेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
मंसिर १, २०८३ मंगलबार १६:४२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।