नेप्से १२.७९ अंकले घट्यो, ४ अर्ब ७३ करोडको कारोबार
काठमाडौं : साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ। यसदिन नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६ अंकमा झरेको छ।
कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो दिन तीन अर्ब पाँच करोडको कारोबार भएकोमा आज चार अर्ब ७३ करोडको भयो। आज ८६ कम्पनीको मूल्य बढ्दा १८५ को घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।
यसदिन बैंकिङ ०.४७, विकास बैंक ०.८४, फाइनान्स ०.५५, होटल तथा पर्यटन १.२१, जलविद्युत् ०.३१, लगानी ०.२७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६०, निर्जीवन बीमा ०.६९, अन्य ०.५८, तथा व्यापार ०.०२ प्रतिशत घटे।
अपर लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशत बढ्यो। आज सबैभन्दा धेरै कारोबार भएका कम्पनिमा घलेम्दी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सानिमा माइ हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर छन्।
मंसिर १, २०८३ मंगलबार १५:३९:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।