सुनको मूल्य चार दिनदेखि लगातार ओरालो, आज कति घट्यो?
काठमाडौं : नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ।
गत शुक्रबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य यसदिन पनि घटेको हो। शुक्रबार तोलामा १२ हजार ६ सय घटेको सुनको मूल्य आइतबार एक हजार पाँच सय रूपैयाँ घटेको थियो।
यस्तै, सोमबार प्रतितोला एक हजार एक सय रूपैयाँ घटेको सुनको मूल्य आज तोलामा एक हजार नौ सय रूपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ६९ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि ३० रूपैयाँ घटेको छ।
सोमबार प्रतितोला तीन हजार पाँच सय २० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार चार सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।
मंसिर १, २०८३ मंगलबार ११:११:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।