मुक्तिनाथ विकास बैंकको ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सुरु, घरमै बसी कर्जाको अवस्था हेर्न सकिने

मुक्तिनाथ विकास बैंकको ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सुरु, घरमै बसी कर्जाको अवस्था हेर्न सकिने

काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकलाई छिटो, सहज र पारदर्शी सेवा दिने उद्देश्यले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकले मंसिर १ गते जारी गरेको विज्ञप्तिअनुसार अब ग्राहकले बैंकमा पेस गरेको कर्जा आवेदनको अवस्था डिजिटल माध्यमबाटै हेर्न सक्नेछन्।

यस सेवामार्फत कर्जा आवेदन हाल कुन चरणमा छ, मूल्याङ्कन तथा स्वीकृति प्रक्रिया कहाँ पुग्यो भन्ने जानकारी जुनसुकै समय र स्थानबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर र ‘लोन एप्लिकेसन ट्र्याकिङ आईडी’ प्रयोग गर्नुपर्नेछ।

साथै, कर्जा स्वीकृत हुनासाथ ग्राहकलाई एसएमएस नोटिफिकेसन मार्फत तत्काल जानकारी दिने व्यवस्थासमेत गरिएको छ।

यो सेवा सुरु भएसँगै कर्जाको प्रगति बुझ्न शाखा कार्यालय धाउनुपर्ने वा फोन गर्नुपर्ने बाध्यता हट्ने र सेवा प्रक्रिया थप पारदर्शी बन्ने बैंकको अपेक्षा छ।

‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने मूल मन्त्रका साथ डिजिटल रूपान्तरणलाई निरन्तरता दिँदै आगामी दिनमा पनि प्रविधिमैत्री सेवा विस्तार गर्दै लगिने बैंकले जनाएको छ।

मंसिर १, २०८३ मंगलबार १२:५७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।