नेदरल्यान्ड्समाथि जर्मनीको ५-० को ‘गोल वर्षा’, विर्ट्ज र ग्रुडा चम्किए

नेदरल्यान्ड्समाथि जर्मनीको ५-० को ‘गोल वर्षा’, विर्ट्ज र ग्रुडा चम्किए

एजेन्सी : फ्लोरियन विर्ट्जको दुई गोल तथा ब्राजन ग्रुडाको एक गोल र दुई असिस्टको मद्दतमा जर्मनीले नेदरल्यान्ड्समाथि ५-० को सानदार जित निकालेको छ।

सोमबार भएको नेसन्स लिगको खेलमा प्रशिक्षक योर्गेन क्लोपको नेतृत्वमा उत्कृष्ट प्रदर्शन गर्दै जर्मनी समूह ‘ए२’ को शीर्ष स्थानमा रहेर क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

ओलम्पियास्टाडियनमा मध्यान्तर हुनु चार मिनेटअघि डेरी सेरहान्टले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफमा जर्मनीले थप चार गोल गर्यो। खेलको ६०औँ मिनेटमा विर्ट्जले २५ यार्ड टाढाबाट आकर्षक गोल गर्दै अग्रता दोब्बर पारे।

त्यसको पाँच मिनेटपछि नै ग्रुडाको फ्रिकिकमा निको स्लटरबेकले हेडरमार्फत तेस्रो गोल थपे।

लगत्तै ग्रुडाकै पासमा विर्ट्जले व्यक्तिगत दोस्रो गोल पूरा गरे भने खेल सकिन १३ मिनेट बाँकी छँदा ग्रुडाले नै पाँचौँ गोल गर्दै जर्मनीको फराकिलो जित पक्का गरे।

खेलभर जर्मनीले १८ प्रहार गर्दा नेदरल्यान्ड्सले ९ मध्ये एक प्रहार मात्र पोस्टको दिशामा गर्न सक्यो।

यो हारसँगै प्रशिक्षक जाभीको टोली सन् १९५९ यता (जर्मनीसँगै ७-० ले हारेपछि) अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक पाँच गोलले पछि परेको हो।

यद्यपि, भारी पराजयका बाबजुद नेदरल्यान्ड्स पनि क्वार्टरफाइनलमा पुग्न सफल भएको छ। अर्को खेलमा ग्रिसले सर्बियालाई १-० ले हराए पनि गत साता नेदरल्यान्ड्ससँग ७-० ले हारेको नतिजाका कारण गोल अन्तरमा पछि पर्दै ग्रिस अन्तिम आठमा पुग्नबाट वञ्चित भयो।

मंसिर १, २०८३ मंगलबार ०८:३४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।