पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसका कारण हिमाली तथा पहाडी भूभागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ भने तराई, उपत्यका र खोँचका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ।

देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। दिउँसो कोशी प्रदेशका हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ।

राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मंसिर १, २०८३ मंगलबार ०७:२०:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।