रौतहटको राजदेवीमा स्कुटर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु, दुई घाइते

रौतहटको राजदेवीमा स्कुटर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु, दुई घाइते

काठमाडौं : रौतहटको राजदेवीमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-०४२ प १४२९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई सोमबार दिउसो दुर्घटनामा परेको थियो। 

दुर्घटनामा यमुनामाई नगरपालिका-५ जमुआ टोल निवासी १८ वर्षीय अनिकेत पासवान र १६ वर्षीय प्रिन्स पासवानको मृत्यु भएको छ। दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएकोमा चिकित्सकले दिउँसो साढे ४ बजे मृत घोषणा गरेका थिए।

दुर्घटनामा रौतहटकै यमुनामाई नगरपालिका–५ झुनखुनवा निवासी १५ वर्षीय आकाश पासवान र भारतको सीतामढी जिल्ला भकुरहर ग्राम निवासी १७ वर्षीय सुनिल पासवान घाइते भएका छन्। घाइतेमध्ये आकाशको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ।

त्यस्तै टाउकोमा चोट लागेका सुनिललाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको छ। दुवै घाइतेको अवस्था मध्यम रहेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक ३०, २०८३ सोमबार २०:२१:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।