नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं : नुवाकोटको विदुर नगरपालिका–९ खड्कथोकस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

सोमबार बिहान बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका तीनै जनाको जिल्ला अस्पताल त्रिशुलीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। मृत्यु हुनेहरूमा मोटरसाइकल चालक धादिङ खनियाबास गाउँपालिका–५ घर भई हाल नुवाकोटको विदुर नगरपालिका–९ बस्ने ४७ वर्षीय बुद्धिमान तामाङ, नुवाकोटको विदुर नगरपालिका–१३ बस्ने ३१ वर्षीया बिन्दा थापा मगर र सोही स्थान बस्ने २७ वर्षीया सुनिता थापा मगर रहेका छन्।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

कात्तिक २३, २०८३ सोमबार १३:४९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।