कालीकोटबाट बिरामी बोकेर सुर्खेत जाँदै गरेको बोलेरो दैलेखमा दुर्घटना हुँदा ६ जना घाइते, सुर्खेतमा उपचार हुँदै
कालीकोट : कालीकोटबाट बिरामी बोकेर सुर्खेततर्फ जाँदै गरेको बोलेरो जिप दैलेखमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ८ बजे दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीमा कर्णाली प्रदेश ०२–००१ च १२१५ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको हो।
सान्नीत्रिवेणी–६ मेहेलमुडीकी २७ वर्षीया बिरामी कैली सार्की र २७ वर्षीया जादुकला सार्कीसहित कुरुवा बोकेर गएको दुर्घटना भएको प्रहरी चौकी तल्लो डुंगेश्वरका प्रहरी सहायक निरीक्षक ललित रावलले बताए।
दुर्घटनामा चालक कालीकोटको सान्नीत्रिवेणी–७ का २२ वर्षीय योगेश सिम्खाडा, बिरामी कैली र जादुकलासहित उनीहरूका कुरुवा १८ वर्षीय गंग सार्की, ४१ वर्षीय रने सार्की र सान्नीत्रिवेणी–७ मुम्राका २१ वर्षीय तपेन्द्र सिम्खाडा घाइते भएका छन्।
दुर्घटनामा परि घाइते भएका सबैजनालाई थप उपचारका लागि अहिले सुर्खेत जिल्ला अस्पताल लगिएको छ।
कात्तिक २३, २०८३ सोमबार १३:१४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।