पर्सामा पटका पड्काउने क्रममा छर्रा लागेर आठ वर्षीय बालकको मृत्यु
काठमाडौं : पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्।
प्रहरीका अनुसार आज बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पड्काउने क्रममा पटकाको छर्रा बालकको छातीको बिच भागमा लागेको थियो। छर्रा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो।
अस्पताल पुर्याइएका बालकलाई चिकित्सकले बिहान ८ः४५ बजे मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक २३, २०८३ सोमबार १३:२८:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।