सुर्खेतमा माटोको ढिस्कोले पुरिएर चार जना घाइते, एकको अवस्था गम्भीर

सुर्खेतमा माटोको ढिस्कोले पुरिएर चार जना घाइते, एकको अवस्था गम्भीर

सुर्खेत : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ का चार जना घर पोत्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर घाइते भएका छन्।

जाजरकोटको नलगाड नगरपालिका–७, दल्ली नजिकै माटो खनिरहेको अवस्थामा एक्कासि माथिबाट ढिस्को खस्दा उनीहरू पुरिन पुगेका हुन्।

घाइते तीन जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ। एक जनाको भने अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए।

कात्तिक १८, २०८३ बुधबार १०:०८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।