पाँच प्रदेशमा आंशिक बदली, कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी, कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
तराई भूभाग, उपत्यका तथा नदी किनारका खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन तथा यातायातमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
कात्तिक १८, २०८३ बुधबार ०७:१२:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।