आज र भोलि 'राष्ट्रिय भिटामिन ए' कार्यक्रम : २१ लाख बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

आज र भोलि 'राष्ट्रिय भिटामिन ए' कार्यक्रम : २१ लाख बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

काठमाडौं : सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ।

यस कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिनाका बालबालिका भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।

स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लीलाविक्रम थापाले भिटामिन ‘ए’ करिब २१ लाख बालबालिका र जुकाको औषधि करिब २० लाख बालबालिकालाई खुवाइने बताए। अभिभावकहरुले आफ्ना बालबालिकालाई पायक पर्ने ठाउँमा समय मिलाएर लगेर ती औषधि खुवाउन उनले आग्रह गरे। 

थापाकाअनुसार कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिँदै छन्। सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० देखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ देखि जुकाको औषधि नियमित खुवाउने गरिएको छ।

कात्तिक १७, २०८३ मंगलबार १०:५३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।