कबड्डी-५ को तीन दिनको व्यापार साढे ५ करोड !

कबड्डी-५ को तीन दिनको व्यापार साढे ५ करोड !

काठमाडौं : निर्माण टिमले सार्वजनिक गरेको आँकडा अनुसार रिलिज भएको तीन दिनमा कबड्डी-५ ले साढे पाँच करोडको ग्रस कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा कबड्डी-५को ग्रस कलेक्सन समावेश छैन।

बोर्डले रिलिज भएको एक साता कटेका फिल्महरूको ग्रस कलेक्सन सार्वजनिक गरेको हो। फिल्म कबड्डी-५ को निर्माण टिमले तीन दिनमा पाँच करोड २४ लाखको व्यापार भएको दाबी सहितको विवरण सार्वजनिक गरेको हो। केही हलहरूले फिल्मलाई सुपरहिट घोषणा गरिसकेका छन्।

फिल्ममा दयाहाङ, विजय बराल लगायतका कलाकारहरू छन्। पाँचौँ शृङ्खलामा आएर विपिन कार्कीको इन्ट्री भएको छ। फिल्मको समीक्षा भने मिश्रित देखिन्छ।

कात्तिक ९, २०८३ सोमबार १६:४८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।