फिलिपिन्समा दुई सैन्य विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु
एजेन्सी : उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा फिलिपिन्स वायुसेनाका चार पाइलटको मृत्यु भएको छ।
वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए।
दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले आफ्ना सबै एसएफ–२६० विमानको उडान तत्कालका लागि स्थगित गरेको छ।
एसएफ–२६० हल्का विमान हो, जसलाई फिलिपिन्स वायुसेनाले पाइलट प्रशिक्षणका लागि प्रयोग गर्दै आएको छ।
यसअघि गत मे २० मा पनि उत्तरी फिलिपिन्सकै बेन्गुएट प्रान्तमा एउटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा दुई पाइलटको मृत्यु भएको थियो।
कात्तिक ७, २०८३ शनिबार १६:४७:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।