काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३६ सवारीसाधन ट्राफिक कारबाहीमा, सबैभन्दा बढी मापसेका

काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३३६ सवारीसाधन ट्राफिक कारबाहीमा, सबैभन्दा बढी मापसेका

काठमाडौं : काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका हुन्।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सिसी क्यामरामार्फत ३९, रातो बत्तीमा सवारीसाधन चलाउने २० चालकलाई कारबाही गरिएको छ।

यस्तै, तीव्र गतिमा सवारीसाधन चलाउने ५७, हर्न बजाएर सवारीसाधन चलाउने आठ, लेन अनुशासन पालन नगर्ने तीन, अवस्था ठीक नभएको दुई र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरीले चाडपर्वको समयमा सवारी नियम उलङ्घन गरी सवारीसाधन चलाउने चालकमाथि कडा निगरानी तथा कारबाही गर्दै आएको छ। 

कात्तिक ७, २०८३ शनिबार १३:२७:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।