हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं : पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिनअनुसार शुक्रबार दिउँसो देशका हिमाली तथा पहाडी भेगमा आंशिक बादल लाग्नेछ।
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ।
यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
शनिबार पनि कोशी, गण्डकी र सुदूरपश्चिमका हिमाली क्षेत्र तथा कोशी र गण्डकीका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको आङ्कलन गरिएको छ।
आइतबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। आगामी तीन दिन नै तराई भू-भागका केही स्थानमा बिहानीपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
कात्तिक ६, २०८३ शुक्रबार ०८:३३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।